धरान : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा निर्वाचित भएका प्रभु नारायण चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्ष चौधरीले नेपाल राष्ट्र बैङ्कका निर्देशक सत्येन्द्र तिमिल्सिन्नाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।
चौधरी २०७७ चैत्र २५ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरू मध्ये मिति २०७८ वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकबाट अध्यक्षका रूपमा सर्वसम्मत चयन भएका थिए।
नेपाल राष्ट्र बैङ्क, प्रदेश कार्यालय विराटनगरमा भएको उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका अन्य अधिकृतहरू तथा महुली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत सरोज सिंहको उपस्थिति रहेको थियो ।
महुली लघुवित्तले नव किरण लघुवित्तलाई गाभेर मिति २०७७ मङ्सिर ८ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको थियो ।
दुई संस्था मर्जर पश्चताको उक्त आठौँ साधारण सभा एकीकृत रूपमा सम्पन्न भएको महुली लघुवित्तले जानकारी दिएको छ ।


































































