चतरा : बराहक्षेत्र-१ स्थित औलिया बाबा तथा छिन्नमस्ता संरक्षण मञ्चले विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सहयोग गरेको छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारलाई सकसमय बनाएको र न्यून आय भएका परिवारलाई खाद्यान्नको जोह गर्न नै कठिन परिरहेको समयमा मञ्चले मङ्गलवार बराहक्षेत्र-१ का विभिन्न टोलका १५ परिवारलाई खाद्यान्न सहयोग गरेको अध्यक्ष उदय ठटालले जानकारी दिए ।

मञ्चका पदाधिकारीहरूको टोलीले मङलबार घर घरमा पुगेर खाद्यान्न प्रदान गरेको थियो । राहत सामाग्रीमा चामल, दाल, सोयाविन तेल, नुन, चिउरा र स्वास्थ्य सामाग्री मास्क प्रदान रहेको थियो।

मञ्चका अध्यक्ष ठटालका अनुसार पहिलो चरणमा सुनिल अग्रवाल, भबिन राउत, भावना तामाङ, राजन बस्नेत, शम्भु बानिया, रमेश लोहनी, दीपक ठटाल, देव किरण राई ,बमहेन्द्र राई र अन्जु धामीले उपलब्ध गराएको रकमबाट खाद्यान्न सहयोग गरिएको हो