धरान : प्रहरीले हर्क साम्पाङलाई फरार सूचीमा राखेर खोजी गरिरहेको बेला साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट आफै गिरफ्तारी दिन आउने जनाएका छन् ।

उनले फेसबुकमा विज्ञप्ति जारी गरेर सो कुराको जानकारी दिएका हुन् । उनले विज्ञप्ति निकाल्नु अघि 'लागियो ताप्लेजुङ तिर' भनेर लेखेका थिए भने उनले लेखेको १३ घण्टा पछि फेसबुकमा विज्ञप्ति निकालेका हुन् ।

उनले म केही दिनमा आफै गिरफ्तारी दिनेछु ! म जनताको नेता हुँ ! भागेर कहाँ जान्छु र ? तर केही काम बाँकी छन् जुन सल्टाएर म प्रहरी सामु आउने छु भनेका छन्।

साम्पाङ उपनिर्वाचनमा धरानको मेयर पदमा स्वतन्त्र उम्मेदवारमा उम्मेदवारी दिएका थिए । पछिल्लो समय उनले धरानको खानेपानीको विषयलाई प्रखर रूपमा उठाएर आन्दोलन गरे। उनको समर्थन गर्नेहरू पनि छन्। उनीहरू साम्पाङलाई सामाजिक अभियन्ता भन्छन्।

यसअघि पनि खानेपानी मुहानको पाइप तोडफोड गरेपछि उनी पक्राउ परेका थिए । समर्थकहरूले उनलाई आन्दोलन गरेर रिहा गरेका थिए ।

Bigyapti-1 Bigyapti-2