विराटनगर ः प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, तेहृथुम र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २७, बेलबारीमा ६, पथरीशनिश्चरे, उर्लाबारी र सुन्दरहरैचामा ५-५, रतुवामाईमा २, कानेपोखरी, सुनबर्षी र ग्रामथानमा १-१, झापाको बिर्तामोडमा ८, दमकमा ७, कनकाईमा ५, मेचीनगरमा ४, अर्जुनधारा, हाल्दिबारी, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा २, गौरीगञ्ज, भद्रपुर र झापा गाउँपालिकामा १, सुनसरीको इटहरीमा ११, वराहक्षेत्रमा २, धरान, बर्जु, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १-१, इलामको  इलाम नगरपालिका र सूर्योदयमा १-१, उदयपुरको चौदण्डीगढी र त्रियुगामा १-१, ताप्लेजुङको फुङलिङ, सोलुखुम्वको सोलुदुधकुण्ड, सङ्खुवासभाको खाँदबारी, तेहृथुमको मेन्छेयायेम र खोटाङको केपिलसगढीमा १-१ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४२६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९९ महिला र २२७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितकोे सङ्ख्या ४ हजार ७०५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।