धरान : उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ वर्षीय वालकको डुबी मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसूदन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन् ।

आज दिउसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबी अचेत अवस्थामा रहेको अधिकारीलाई उनको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।