इटहरी : इटहरी वडा नम्बर १६ र १७ का तीन सय परिवारलाई राहत वितरण गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले राहत वितरण गरेको हो । इटहरी वडा नम्बर १६ र १७ वडामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,आसमान नेपालका सल्लाहकार गुरु सुवेदी,वडाध्यक्षहरू भगवानलाल शाह र दीप नारायण चौधरीले कोरोना पीडित अति विपन्न परिवार,एकल महिला,दलित तथा अपाङ्गता भएकाहरूलाई राहत प्रदान गरे ।

प्रति परिवार ३० केजी चामल, ब्लाङकेट, दुई केजी नुन, दुई केजी दाल, दुई लिटर तेल,मास्क,सेनिटाइटर वितरण गरिएको आसमान नेपालका सल्लाहकार गुरु प्रसाद सुवेदीले बताए ।