विराटनगर :  प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण भएको छ । 

३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३-३, पाँचथरमा २, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा ८, बिर्तामोड र कनकाईमा ५-५, बाहृदशी, भद्रपुर र झापा गाउँपालिकामा ३-३, अर्जुनधारा र गौरादहमा २-२, हाल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका र शिवसताक्षीमा १-१, मोरङको विराटनगरमा १०, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ६-६, उर्लाबारीमा ३, ग्रामथान र रतुवामाईमा २-२, कानेपोखरी, बेलबारी र बुढीगंगा र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा ५, कोशी गाउँपालिकामा ३, रामधुनीमा २, इनरुवा, धरान र दुहबीमा १-१, इलामको माईमा २, देउमाई र चुलाचुलीमा १-१, उदयपुरको त्रियुगामा २, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र पाख्रिबासमा १-१, पाँचथरको तुम्बेवा र मिक्लाजुङमा १-१, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज ६३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २९४ महिला र ३४४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।