विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना सङ्क्रमण भएको छ । 

६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ३-३, इलाम, सङ्खुवासभा र खोटाङमा २-२, पाँचथर, ताप्लेजुङ, तेहृथुममा १-१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ३०, बेलबारीमा ८, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बुढीगंगामा ५-५, ग्रामथानमा ३, सुनबर्षीमा २, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ११, इटहरीमा ९, वराहक्षेत्रमा ४, गढीमा २, देवानगञ्ज र इनरुवामा १-१ र स्थानीय तह नखुलेका ३,  झापाको दमकमा ८, हाल्दिबारी र कनकाईमा ३-३, भद्रपुरमा २, बुद्धशान्ति, शिवसताक्षी, बिर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१, सङ्खुवासभाको खाँदबारी र पाँचखपनमा १-१, खोटाङको दिप्रुङमा २, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजंगा र तेहृथुममा १-१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८० महिला र २७८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६३२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।