धरान : धरान उपमहानगरपालिकामा माघ २५ र २६ गते दुई दिन कोरोना विरुद्धको कोभिसिल्डको बुस्टर डोज खोप लगाइने भएको छ । 

२०७८ साल असार मसान्त सम्ममा दोस्रो मात्रा भारतीय खोप कोभिसिल्ड लगाएकाहरूले धरानका ३ वटा खोप केन्द्रबाट थप मात्रा बुस्टर डोज खोप लगाउन पाउने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । 

यस पटक ६० वर्ष देखि माथिका ज्येष्ठ नागरिकहरू, स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधिहरू, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंत्तीमा खटिने जनशक्तिले कोभिसिल्डको बुस्टर डोज खोप लगाउन पाउनेछन् । 

धरानको तीन स्थानमा खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य चौकी छाताचौक धरान, आधारभूत स्वास्थ्य केन्द्र धरान १५ र १८ नम्बर वडा कार्यालय देविथान लाइनबाट बुस्टर डोज खोप लगाउन पाइनेछ । बुस्टर डोज खोप लगाउन आउनेले पहिले पुर्णमात्रा खोप लगाएको खोप कार्ड अनिवार्य लिएर खोप लगाउन आउनुपर्ने स्वास्थ्य महाशाखाले जनाएको छ । 

धरानमा यस पटक कोरोना विरुद्धको भारतीय खोप कोभिसिल्डको थप मात्रा बुस्टर डोज १६ सय जनालाई लगाइने लक्ष राखिएको छ । 

Buster-Dose-Khop