विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२,  सङ्खुवासभा र भोजपुरमा ४-४, धनकुटामा ३, पाँचथर, इलाम र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो । 

मोरङको विराटनगरमा २९, बेलबारीमा ५, बुढीगंगा,  पथरीशनिश्चरे र जदहामा ४-४, रङ्गेली, ग्रामथान, उर्लाबारी र  रतुवामाईमा २-२, केराबारी, सुन्दरहरैचा र मिक्लाजुङमा १-१, सुनसरीको इटहरीमा १३, धरानमा ६, रामधुनीमा ३, देवानगञ्ज, वराहक्षेत्र र दुहबीमा २-२ र स्थानीय तह नखुलेका १, झापाको बिर्तामोडमा ७, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३-३, दमकमा २, शिवसताक्षी, मेचीनगर, कमल र झापा गाउँपालिकामा १-१,सङ्खुवासभाको खाँदबारीमा २, सभापोखरी र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरजोरपाटीमा १, पाँचथरको फाल्गुनन्द, इलामको चुलाचुली र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज  ३८१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८९ महिला र १९२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र एक पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ३७३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।