इटहरी  : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले समाचार टिप्पणीको विषयलाई लिएर छुद्र कमेन्ट गरेका छन् । यसअघि विभिन्न घटनाले चर्चित भएका मेयर चौधरीले पुनः पत्रकारकै विषयमा कमेन्ट गरेर चर्चा पाएका हुन् ।

पत्रकारलाई लोपार्ने देखी नाकको डाँडी भाँच्ने धम्की दिएका उनले पुनः धम्कीपूर्ण भाषाको कमेन्ट गरेका छन् । प्रदेश पोर्टल डटकमको समाचारको विषयलाई लिएर उनले कमेन्ट गरेका हुन् । पत्रकार प्रकाश बन्जराले लेखेको “इटहरीका चामल चोरहरूसँग जनताको अपेक्षा र स्थानीय तहको निर्वाचन” शीर्षकको समाचारमा उनले आपत्ति जनाएका हुन् ।

माघ १६ गते प्रकाशित समाचार इटहरी अल न्युज नामको फेसबुक ग्रुपमा प्रदेश पोर्टलका सञ्चालक प्रेम बास्तोलाले सेयर गरेका छन् । सोही पेजमा मेयर चौधरीले “बास्तोला दूधले नुहाएको मान्छे हुन र? यो इटहरी आउँदा के लिएर आएको थियो ?” भन्दै प्रश्न गरेका छन् । त्यसपछि लगातार “चोरका खन्तीहरू’, ‘चुतियाहरू’, ‘बास्तोला मेरो अगाडी आऊ मुखमा मुतिदिन्छु’, ‘बास्तोला हिम्मत छ सम्पत्ति शुद्धीकरण सँगै निवेदन दिऊ । तिमिलाई चुनौती ।” जस्ता कमेन्ट गरेका छन् ।

मेयरको कमेन्टमा आपत्ति जनाउँदै इटहरी काँग्रेसका नगर सचिव मन्दीप भट्टराईले “उजुरी हालेर जेल हाल्दा भो , मुखमा मुत्छु भन्नु त भएन हौ मामा ।” भन्दै रिप्लाई मार्फत मेयर चौधरीलाई मेन्सन गरेका छन् ।

प्रदेश पोर्टलको उक्त समाचारमा पत्रकार बन्जराले आफ्नो भावना पोखेका छन् । समाचारीय प्रमाण नभए पनि महालेखाको प्रतिवेदनलाई कोड गरेर आफ्नो भनाई राखेका छन् । अघिल्लो पटक टिकट नपाएका र हारेकाहरू सेटिङमा लागेको उनले बताएका छन् । तर को र के सेटिङमा लागेको प्रस्ट छैन ।

इटहरीका जनप्रतिनिधि प्रति इङ्गित गर्दै उनले ‘यहाँका जनप्रतिनिधिले त जनताले सुन्दै पत्याउनै नसक्ने काम गरेर आफूलाई बदनाम गरेका छन् ।’ त्यसपछि थप अगाडी बढ्दै उनले ‘इटहरी उपमहानगरपालिकाका मेयर, उपमेयर देखि लिएर वडा अध्यक्ष र वडा सदस्यसम्मले सरकारी खर्चमा गरेको मनोमानी हेर्ने हो भने त्यसको लिस्ट कत्रो बन्छ त्यो अहिल्यै भन्न सकिँदैन तथापि सानो भन्दा सानो कुरा यहाँ राख्न खोजिएको छ । इटहरी उपमहानगरपालिकाका पदाधिकारीहरूले पहिलो चरणको लकडाउन र राहत बाढ्ने नाममा इटहरी उपमहानगरपालिकामा कर्मचारीको मिलेमतोमा ब्रम्हलुट मच्चाएको पाईएको छ ।’ भनी उल्लेख गरेका छन् । तथापि के मा कति अनियमितता भएको प्रस्ट छैन ।

आर्थिक कार्यविधि २०६३ को नियम ३६ बमोजिम सार्वजनिक खरिद ऐन अन्तरगत भुक्तानी गर्दा विल भरपाई हुनुपर्नेमा उपमहानगरका वडाध्यक्ष तथा सदस्यले कर्मचारीसँगको मिलेमतोमा चामल र नुनमा व्यापक लुट मच्चाएको महालेखा प्रतिवेदनले प्रस्ट पारेको समाचारमा उल्लेख गरिएको छ । समाचारको बिचमा पाठकको मत माग्नेगरि चामल र नुनमा तोकेको भन्दा बढीमा बिल पेस नगर्नुलाई के भन्नुहुन्छ ? त्यसैले तपाईँको गाउँ वा वडा र नगरको प्रतिनिधित्व गरेर विकाश गर्छन् भन्नेमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? भन्दै प्रश्न गरिएको छ ।

सो समाचारमा मेयर चौधरीले गरेको कमेन्टले इटहरीमा चर्चा पाएको छ । पत्रकार प्रति सुरु देखी नै असन्तुष्ट रहँदै आएको चौधरी पुनः रुष्ट देखिएका छन् ।