धरान : मधेस प्रदेश सरकारले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।

फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेस सरकारले आज प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिएका छन् ।

यसबिच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आज एक भव्य कार्यक्रमकाबीच माओवादी जनयुद्धमा मधेस प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरुपा तत्काल १ लाख नगद दिने निर्णय समेत गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेका मधेसी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए ।

आज प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने कार्यक्रम पनि रहेको छ ।