धरान : धरानमा कार्यपालिका सदस्यको निर्वाचन सकिएको छ । 
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अघि १ बजेसम्म मतदान भएको थियो । १०२ जना मतदाता रहेकोमा शतप्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । मतदानबाट ८ जना कार्यपालिका सदस्यहरू निर्वाचित भएका छन् । ती मध्ये ५ जना महिला यसअघि वैशाख ३० गतेको निर्वाचनबाट नगरसभा सदस्य (वडा सदस्य)मा निर्वाचित भएकाहरुमध्येबाट चुनिएका छन् भने ३ जना बाहिरबाट दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू चुनिएका छन् । यो व्यवस्था नेपालको संविधानमै गरिएको छ ।
कार्यपालिका सदस्यको लागि एमालेबाट ५ जना महिलाहरूबाट देवीमाया विश्वकर्माले ५६, सावित्री परियार दर्जीले ५८, रविन गुरुङले ५५, विनीता बज्राचार्यले ५६ र सिर्जना नेपालले ५४ मत प्राप्त गरी कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यस्तै, दलित तथा अल्पसङ्ख्यक कोटाबाट विकास भाटीले ५२, अनुप देवानले ५१ र दिनेश विश्वकर्माले ५२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
गठबन्धन दलबाट कुनै पनि उम्मेदवार निर्वाचित भएनन् ।
 
         
                     
         
                                        _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        