चतरा : नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक कालोपत्रे हुने भएको छ।

उक्त सडकको डिभिजन कार्यालय विराटनगर मार्फत पिआर इन्फाइस्ट्रक्चर काठमाडौँले निर्माणको जिम्मेवारी पाएको छ। सडकको लागि २० करोड ७० लाख  ६८ हजार सडक डिभिजन कार्यालयले  विनियोजन गरेको थियो। सडकले सुनसरी क्षेत्र नं १ र क्षेत्र नं ४ लाई सहज रूपमा जोड्ने छ । 

६ किलोमिटर लम्बाई र ७ मिटर चौडाइ रहने उक्त योजनामा ४ वटा कल्भट, ३ वटा स्लाप कल्भट समेत निर्माण हुनेछ। ८०० मिटर नाली र ६७५ घन मिटर जाली निर्माण हुनेछ। सडक निर्माण हुने भए पछि भरौल, चक्रघट्टि, प्रकासपुरबासीलाई सहज हुनेछ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन जाने सेवाग्राहीहरूलाई सहज हुनेछ भने किसानहरूलाई दुग्ध, तरकारी लगायतका सामाग्री बिक्री वितरण गर्ने सहज हुनेछ। सडकले वराहक्षेत्रको बजार र पर्यटनको क्षेत्रमा सहयोग समेत पुग्नेछ।

सडक बनाउने जिम्मेवारी मेरो भन्दै बोल्दै आएका मन्त्री कार्की सडकको ठेक्का लागेसँगै धन्यवादको पात्र बनेका छन्। मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य समेत हुन् । वराहक्षेत्रको विकास र निकाससँग जोडिएको उक्त सडकले भरौल, चक्रघट्टि, प्रकाशपुर, चतरा, मधुवनको विकासको ढोका खोलिदिने काँग्रेस नेता जगत कार्कीले बताए ।

मन्त्री कार्कीको पहलमा कोसी गाउँपालिका-२ देखि वडा नम्बर-३ सम्मको ग्रामीण सडक कालोपत्रे हुने भएको छ।  कार्कीको पहलमा सडक विभागको योजनामा उक्त सडक कालोपत्रे हुने भएको हो। कोसी गाउँपालिकाको फुल चौक नजिकै सदान्न मण्डलको घर अगाडिबाट निर्माण हुन सडक बाबुजी साहाको घर हुँदै कोसि टप्पु, गल्फरीया, शिव चौक, कटान सडकसम्म करिब १३ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

यसकालागि २५ करोड बजेट सडक विभाग मार्फत केन्द्रीय योजनामा परेको थियो। मन्त्री कार्कीकै पहलमा रामधुनि-४ पैढारदेखि, वराहक्षेत्र नगरपालिका वडा नं ८ को कुटिहुँदै जितपुर वराहक्षेत्र-६ को चक्रघट्टिको बसपार्क, राँगा चौक, बुधवारे चौक हुँदै कोसी जाने बाटो ढाकुरबारी सम्म र काली मन्दिरबाट खानेपानी सम्म र आइतबारे हुँदै बुधवारे सम्म कालोपत्रे सडक निर्माणको लागि सहरी विकास मार्फत काम सुरु भइरहेको सुनसरी क्षेत्र नं ४ प्रदेश क सभापति उपेन्द्रबहादुर कटुवालले बताए।

वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा रहेको श्रीलङ्का टप्पुमा बिजुली बत्ती समेत पुगेको छ । चक्रघट्टिमा क्याम्पस भवन निर्माणमा पनि मन्त्री कार्कीको भूमिका छ । भने मन्त्री कार्कीकै पहलमा ५५ सैयाको ट्रमा सेन्टर समेत चक्रघट्टिमा निर्माण हुने प्रक्रियामा छ ।