धरान : पछिल्लो समय किटजन्य रोग सङ्क्रमण बढ्दै गइरहेको बेला धरानमा किटजन्य रोग अनुसन्धान टोली आइपुगेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको एकीकृत भेक्टर सर्भिलेन्स कार्यक्रम अन्तर्गत किटजन्य रोगहरूमा औलो, कालाजार, डेङ्गु, हात्ती पाईले, जेइ, जीका भाइरस र स्क्रब टाइफस सम्बन्धी अनुसन्धान गर्न अनुसन्धान टोली सुनसरी जिल्लाको लागि धरान-१४ को विजयपुर क्षेत्र आइपुगेको हो । 

उनीहरूले विजयपुरको पिण्डेश्वर मन्दिर आसपासका क्षेत्र, गणेशचौक, डाडागाउँ लगायतका लामखुट्टेको बढी प्रकोप भएको क्षेत्रमा किटजन्य रोग फैलाउने लामखुट्टे पक्रिनुका साथै लार्भा सङ्कलन गरिरहेका छन् । बिहान, दिउसो, साँझ र रातको समयमा सक्रिय हुने लामखुट्टे पक्रिने र लार्भा सङ्कलन गरी धरानमा किटजन्य रोगको जोखिम र यसको नियन्त्रण, न्यूनीकरणमा सचेतता अपनाइने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । 

Muscitto-Tarap-5टोलीमा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका भेक्टर कन्ट्रोल भिभि वन डिजिजका फोकल पर्सन दिलीप सिंह, इन्टोमोलोजिस्ट जनकपुर र धनगढीको सेभ द चिल्ड्रेनमा कार्यरत विनीता पाण्डे र आराधना केसी, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका मलेरिया निरीक्षक उदयशंकर शाह र स्वास्थ्य कार्यालय सुनसरीका भेक्टर कन्ट्रोल निरीक्षक शिवन ठाकुर रहेका छन् । 

टोलीलाई धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडा कार्यालयमा स्वागत गरेका थिए भने कार्यक्रमको बारेमा स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईँले जानकारी दिएका थिए भने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता, धरान-१४ का जनप्रतिनिधिहरू र स्थानीयवासीको सहभागिता रहेको थियो । 

Muscitto-Tarap-3Muscitto-Tarap-4Muscitto-Tarap-6Muscitto-Tarap-7