धरान : हरेक साउन महिनाको सोमबार लाग्ने बोलबंम मेला धरान-१४ पिण्डेश्वरमा लागि रहेको छ ।
पिण्डेश्वर बाबाधाममा सप्तकोसीबाट जल ल्याई साउनको सोमबार चढाउँदा मनोकामना पुरा हुने जनविश्वासका साथ कोसीबाटै पैदल खाली खुट्टा बोलबंम भक्तजनहरू आउने गरेका छन् ।
दुई वर्ष कोरोनाको कारण नलागेको बोलबंम बेला यस पटक भने भब्यरुपले लगाउने पिण्डेश्वर बाबाधाम समितिको योजना अनुसार यस पटक पहिलो सोमबार नै भक्तजनको घुइँचो थियो ।
साउनको दास्रो सोमबार अझ धेरै भक्तजन आउने आकलन गरिएकोमा आइतबार राति सम्ममा पिण्डेश्वर मन्दिर परिसरको विश्रामलयमा बोलबंम भक्तजनहरू आएर बास बसेका छन् । यस पटक भने आइतबार मध्यराति १२ बजे पछि मन्दिरमा नृत्य पूजा गर्ने र १ बजे देखिनै मन्दिरको ढोका खुल्ला हुने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए ।