धरान : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले अबको आम निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताएका छन् । 

नेपाली राजनीतिक वृत्तमा नेकपा एमालेको असफलताका कारण वर्तमान सत्ता गठबन्धनको जन्म भएको बताउँदै राईले अबको निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्छौ । सिट बाडफाडको कुरामा अहिले जनता समाजवादी पार्टीले केही निर्णय गरी नसकेको बताउँदै चाडै यसबारेमा पनि गठबन्धनमा आफू राजधानी फर्केर निर्णयमा पुग्ने बताए । 

मङ्गलवार धरानमा जसपा धरानले नेपाल पत्रकार महासङ्घ सुनसरीको सभा हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले आफू आगामी निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने पनि बताए । "यस अगाडीको निर्वाचनमा पनि यहीबाट चुनाव लडेकाले पुनः एक पटक यहीबाट चुनाव लड्ने चाहना छ हेरौँ पार्टीको निर्णय के हुन्छ" उनले भने ।

उनले केही दल व्यक्तिहरूले राजतन्त्र र सङ्घीयता खारेजीको कुरा उठाइरहेका छन् नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा राईले यस्ता कुरा गलत भएको बताए । जनताको बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेकोले राजतन्त्रको कुरा गलत भएको उनको भनाइ छ ।