धरान : इटहरी-३ का २२ वर्षीय युवा नरेश राईलाई प्रहरीले विराटनगरमा कडा लागुऔषध ब्राउन सुगर सहित आज मङ्गलवार दिउँसो पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई विराटनगर-१५ स्थित सीमा क्षेत्रमा भारतबाट नेपाल तर्फ आउँदै गर्दा शङ्का लागि चेकजाँच गरिएको थियो । उनको साथबाट ७१ मिलिग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरिएको हो ।
आज दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ ।