धरान : उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धारामा पानी नआएको गुनासो लिएर गएका धरान-८ का उपभोक्ताको गुनासो सुन्न नचाहेको गुनासो सुनाउन गएका महिलाहरूले बताएका छन् ।
उनीहरूलाई मगंलबार कार्यकक्षमा पुग्दा मेयर साम्पाङले गुनासो नसुनी बाहिर निकालेको धरान-८ सुनौलो घुम्ती मार्गकी नम्रता गुरुङले पत्रकारहरूलाई बताइन् ।
उनका अनुसार हाम्रो टोल र सुनौलो घुम्ती टोलवासीको धारामा १ वर्ष सम्म पानी नआएपछि ३ पटक धरान खानेपानी बोर्डमा निवेदन दिइएको थियो । त्यसको सुनवाइ नभएपछि मंगलबार मेयर साम्पाङलाई गुनासो सुनाउन टोलवासी गएका थिए ।
उनले भनिन् ‘तर मेयरले केही कुरा नसुनी कारबाही गर्छु भन्दै हामीलाई कार्यकक्षबाट बाहिर निकाले ।’ 
गुरुङका अनुसार वडा-८ को बम्जन टोल र बडा अध्यक्ष धन बहादुर राईको टोलमा चौबिसै घण्टा पानी आउने, आउने मात्र होइन ओभरफ्लो भई पानी खेर जाने गरेको छ । सँगैको टोलमा पानी नआएको वर्ष दिन भन्दा बढी भयो ।
एउटै पाइपबाट पानी आउने भए पनि प्लम्बरले उनीहरूको टोल तर्फको पानी नखोलिदिने उनले बताइन् । पानी नखोलेपछि संयुक्त टोलवासी गस्ती बसेर प्लम्बर आउने समय कुरेर बसे ।
प्लम्बर आएपछि पानी खोल्न लगाएकोमा खोलिदिएँ भने पनि धारामा पानी आएन । प्लम्बरको कठालो समातेर खोल्न लगाउँदा भने धारामा २ घण्टा पानी आएको र ट्याङ्कीमा समेत चढेको उनको भनाई छ ।
मेयर साम्पाङ सँग उनीहरू प्लम्बरको बदमासीको गुनासो लिएर गएका थिए । गुरुङले भनिन् ‘कार्यकक्ष मेयर साब पटक-पटक फोन गर्दा फोन रिसिभ गर्नु भएन हाम्रो तिर पानी नआउनु प्लम्बरको नियत खराब भएर समस्या आएको रहेछ भनी गुनासो सुनाएका थियौँ ।’
त्यति भन्ने बित्तिकै मेयर साम्पाङले फोन उठाउन जरुरी नभएको बताउँदै ‘काम गर्नु कि फोन उठाउनु ? फोन उठाउने मात्र काम नभएको ।’ जवाफ दिएको उनले बताइन् ।
गुरुङले भनिन् ‘त्यति मात्र नभएर मेयर साम्पाङले आफ्नो कर्मचारी माथि दुर्व्यवहार गरेको भन्दै कारबाही गर्ने चेतावनी दिए ।’ धारामा पानी आउने भए जस्तो सुकै कानुनी कारबाही भोग्न पनि तयार रहेको उनले बताइन ।
gunaso-mahila-2
उनले पत्रकारहरूलाई मिटर रिडिङ गर्न आउने व्यक्ति मातेर आउने गरेको छ । मिटर माथि ढुङ्गा हानेर मिटर फुटाएको र मिटर उल्टाेपाल्टो जोडिदिएको गुनासो सुनाइन।
गुरुङले भनिन् ‘प्लम्बरले पानी नखोल्दिँदा लामो समय देखी धारामा पानी नआएपछि हाम्रो टोलका सुकुम्वासीहरूले मन्दिर र चारकोशे जङ्गलबाट सफारीमा पानी किनेर खाने गरेका छन् ।’
पैसा हुनेहरूले ट्याङ्करबाट पानी  किन्नु पर्ने अवस्थाको जानकारी गराउन जाँदा नगर प्रमुख साम्पाङले गुनासो नसुनी उल्टै कारबाहीको चेतावनी दिएर कार्यकक्षबाट फर्काइएको उनले बताइन् ।
हाम्रो टोलकी मैयादेवी विकले भनिन् ‘करिब एक, डेढ वर्ष भईसक्यो टोलमा धारामा पानी नआएको ।’ कहिले किनेर, कहिले जङ्गल, कहिले पानीपिया देखी सफारीका पानी बोकेर ल्याउनु परेको उनको भनाई छ ।
उनले भनिन ‘हामी गरिब दुःखीले कसरी जीवन गुजारा गर्ने कतिन्जेल पानी किनेर खानु ?’ पानी किन्दा  २ हजार लिटरको १८ सय पर्छ । सफारीमा पानी लिन जाँदा एकपल्टमा ५ सय लिटर आउँछ । आउँदा जाँदा ५ सय रुपैयाँ सिद्धिन्छ ।
धारामा पानी नआए पनि मिटरमा बिल १३० रुपैयाँ आउने गरेको उनले बताइन् । पानी किनेर खानु की मिटरको बिल तिर्नु गाह्रो भएको उनको भनाई छ । विकले भनिन् ‘मेयरलाई सुनाउन जाँदा एक शब्द पनि बोल्न नदिई नबोल्नुस्, नधम्काउनुस् निक्लेर गै हाल्नुस् भन्दै कार्यकक्षबाट बाहिर निकाले ।’
हाम्रो टोल निवासी गीता तामाङले भनिन् ‘हामीलाई केही बोल्न नदिएपछि मेयर साब र नम्रता बैनी बिच भनाभन भयो ।’ भनाभन पछि मेयर साम्पाङले निवेदन लेखेर ल्याउनुस् पछि पानी व्यवस्थापन गर्छु भनेका थिए ।
हाम्रो टोल निवासी कमलाका अनुसार मेयरलाई धम्काउन टोली गएको थिएन, न्याय र पानी माग गर्न गएको हो । उनले भनिन् ‘तर हामीलाई बोल्न दिइएन मेयरले हामीलाई तपाईँहरू बोल्ने अधिकार छैन यहाँबाट निक्लेर गै हाल्नुस् भने ।’
गुरुङका अनुसार मेयर साम्पाङ सँग कार्यकक्षमा गुनासो लिएर जाँदा कार्यकक्षमा युटुबर राखेर बसेका थिए । कुराकानीको क्रममा युट्युबवरले भिडियो खिची मेयरको कुरा काटी आफ्ना कुराहरूलाई काँटछाँट गरी सम्प्रेषण गरेको देखियो ।
उनले आक्रोशित हुँदै भनिन् ‘मेयरको कार्यकक्षभित्र कसैको इजाजत बिना भिडियो खिच्न पाइन्छ ? हाम्रो चरित्र हत्या भएको छ, मानहानि भएको छ ।’
उनले युट्युबरहरुले हामीले बेलेका कुराहरू काटेर आक्रोशित भएको मात्र देखाएको छ । मेयरले हामी माथि दुर्व्यवहार गर्नुभएको छ त्यो काटेर आक्रोशित भएको मात्र देखाएको बताइन ।
समस्या लिएर जाँदा मेयरले भिडियो काटेर हाल्ने र अरूले सामाजिक सञ्जालमा गाली बैईजती गरेर गरेर चरित्र हत्या गरेको गुरुङले आरोप लगाइन् ।
भिडियो :