धरान : राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समिति विस्तारको क्रममा शनिवार धरान वडा ११ वडा समिति गठन गरेको छ ।

संयोजक ढुण्डीराज थापा रहेका ११ सदस्यीय समितिमा सहसंयोजक शर्मिला राई, सचिव चुलेन्द्र बहादुर कुँवर चयन भएका छन् ।

सदस्यहरू दिनेश शर्मा, बिनु श्रेष्ठ बिन्दा, युगराज राई, उमा बिक, बिन्दा कुमारी श्रेष्ठ, थिर बहादुर श्रेष्ठ, सरोजा ढकाल, राम कुमार राई रहेका छन् ।

रास्वपा गठन भएको एक वर्ष पुरा भएको पार्टीले धरानमा सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । यसै क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनमा गाभ्ने सरकारको तयारीको विरुद्ध पार्टीले विरोध प्रदर्शन गरेको छ ।

पार्टीका धरान नगर संयोजक राजेमान श्रेष्ठका अनुसार अहिले सम्म धरानमा पार्टीको ८ वटा वडा कमिटी गठन भैसकेको छ । चाडै २० वटै वडा गठन गर्ने तयारी रहेको उनले बताए ।