धरान : धरानमा जेठ महिना देखि फैलिएको डेङगुको कारण ७ जनाको उपचारको क्रममा मृत्यु भएको  छ ।

डेङगुकै कारण धरानका ७ जनाको मृत्यु भएकामा ६ जना दिर्घरागी रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताले बुधवार जानकारी दिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार जेठ २३ गते धरान-१७ घर भएकी ३० वर्षीय महिला रहेकी छिन भने असार १५ गते धरान-११ घर भएकी ४० वर्षकी महिलाको मृत्यु भएको थियो ।   साउन २ गते धरान-११ घर भएको ७९ वर्षका वृद्धका  सोही दिन  धरान-१८ घर भएका ८४ वर्षीय वृद्धको मृत्यु भएको थियो भने  साउन ३ गते धरान-५ घर भएकी ५३ वर्षीय विष्णुमाया कालिकोटको डेङगुको कारण मृत्यु भएको थियो ।

साउन ७ गते धरान-१० का ५६ वर्षका पुरुषको मृत्यु भएको छ ।  डेङगुका कारण  ४ महिला र ३ पुरुष गरी जम्मा ७ जनाको मृत्यु भई सकेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।

धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार ३ हजार ५ सय ३२ जना डेङगु परीक्षण गर्न गएका मध्ये २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत रहेको छ ।

घरैपिच्छे  डेङगु सङ्क्रमणका कारण घरका सम्पूर्ण सदस्य बिरामी रहेका छन् । तर स्थानीय सरकार धरान उपमहानगरपालिका भने मौन रहेको छ । कतिपय घरका सम्पूर्ण सदस्य बिरामी भएर तातोपानी समेत तताएर दिने मान्छे समेत छैन यस्तो अवस्था धरानमा खडकिरहेको छ । अस्पतालमा बिरामीको सङ्ख्या चापाचाप छ भने धेरै बिरामीको आर्थिक समस्याका कारण अस्पताल गएर चेकजाँच समेत गरेका छैन ।