धरान : जिल्ला ट्राफिक कार्यालयमा नयाँ आएका प्रमुख प्रहरी निरीक्षक सुभास केसीले आज मङ्गलवार पत्रकारहरूलाई भने ‘ट्राफिक प्रहरीले चेकजाँच गर्दा दशैं लाग्यो भन्नु गलत मानसिकता हो ।’
ट्राफिकले जरिवाना काटेको रकम राजश्वमा जम्मा हुने उनले पत्रकारहरूलाई जानकारी दिदैं भने ‘चालकले म सँग लाइसेन्स छ कि छैन, मापसे गर्नुहुन्छ कि हुँदैन भन्ने हेर्नुपर्छ ।’
दुर्घटना भएर धन, जनको क्षति नहोस् भन्ने उद्देश्यले मात्र जिम्मेवारी निर्वाह गर्नुपरेको उनले बताए ।
धरानमा पदभार सम्हाले लगत्तै पहिलो परिचयात्मक भेटघाट पत्रकारसँग गरेका हुन् ।
प्रमुख केसीले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम लागु गर्न आफू प्रतिबद्ध रहेको बताउँदै ट्राफिकलाई हेर्ने आम नागरिकको गलत धारणालाई परिवर्तन गराउन प्रयास गर्ने उल्लेख गरे ।
उनले भने ‘सबै कुरा एकै दिनमा सुधार नहुने भन्दै बिस्तारै सुधारको प्रयत्न गर्नेछु ।’


































































