धरान : हिजो दिउँसो रामधुनी-७ मा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते धरान-११ की ४१ वर्षीय दुर्गाकुमारी राईको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको छ ।

घट्नामा उनका श्रीमान् ४८ वर्षीय ज्ञानप्रकाश राई र वराहक्षेत्र-२ का ४२ वर्षीय प्रताप मगर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय पकलीले जनाए अनुसार रामधुनी-७ चतरा कान्छी चोक सडक खण्डमा ईचौलमा शुक्रवार दिउँसो पौने २ बजे दुर्घटना भएको हो ।

दक्षिणतर्फ आउँदै गरेको को २१ प ५८१० नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४० प ३०३१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्ञान प्रकाशकी श्रीमती दुर्गा कुमारी स्कुटर पछाडि बसेकी थिइन् । घाइते दुर्गा कुमारी राईको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

baraha-accident-2