इटहरी : धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलवार साँझ धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरीको वराहक्षेत्र नगरपालिकाको चकघट्टीमा रहेको उनकै आश्रमबाट नियन्त्रणमा लिएको हो ।
आचार्य श्रीनिवासले केही दिन अगाडि जनकपुरमा बेधर्मीलाई खुकुरीले काट्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । धार्मिक तथा साम्प्रदायिक घृणा फैलाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 
जिल्ला प्रहरी प्रवक्ता नवीन कुमार भण्डारीका अनुसार उनका अभिव्यक्तिलाई लिएर सोधपुछ गर्नुपर्ने भएकोले नियन्त्रणमा लिइएको हो । श्रीनिवासको विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले कार्यालयमा बोलाइएको उनले बताए ।
ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर उनलाई उनकै आश्रमबाट नियन्त्रणमा लिएको आचार्यका एक शिष्यले जानकारी दिए ।
गत असोज १२ गते जनकपुरमा दिएको विवादास्पद अभिव्यक्तलाई लिएर जनकपुर प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोत जानकारी दिएको छ ।
shreeniwas-pakrau-2