इटहरी : कोशी प्रदेशमा विद्युतीय सवारीको सङ्ख्या बढे सँगै प्रदेश सरकारले पहिलो चरणमा विराटनगर, इटहरी र झापाको खुरुङ्गामा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

मुख्यमन्त्री केदार कार्कीले आइतबार उद्घाटन गरेपछि स्टेसनहरू सञ्चालनमा आएका छन् । विद्युतीय सवारी चार्जिङ स्टेसन खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले तीन ठाउँमा १ करोड १४ लाखको लागतमा चार्जिङ स्टेसन निर्माण गरेको हो ।

उद्घाटनको अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार फरक ढङ्गले सुशासनमा अघि बढाउने कार्यमा लगेको बताए ।

उनले विद्युतीय चुल्हो र गाडी चार्जिङ स्टेसन बनाएर पैसा बाहिर पठाउने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले काम अघि बढाएको बताए ।

उनले भने, ‘इन्डक्सन चुल्हो सँगै विद्युतीय सामग्री समेत प्रदेशमा नै उत्पादन गर्न मानवीय विकासमा लागौँ ।’

ग्रिन इनर्जीमा आत्मनिर्भर भइसकेको अवस्थामा राष्ट्रको कूल आमदानीको २० प्रतिशत इन्धनमा खरिद गर्नुपर्ने बाध्यताको अन्त्य गरेर व्यापार घाटा घटाउनुको विकल्प नभएको उनको भनाई थियो ।

मुलुकको आर्थिक अवस्था धारासायी भएको भ्रम छर्नेले यसै वर्ष ३ लाख विद्युतीय सवारी बिक्री भएको किन हेर्न नसकेको भन्दै मुख्यमन्त्री कार्कीले त्यसैले प्राप्त साधनको सही सदुपयोग गर्नुपर्ने बताए ।

charging station

charging station 2