धरान : निकै दुर्लभ मानिएको बौद्ध गुरु रिन्पोछेबाट नृत्य लीला धरान-१५ स्थित डाग्युर बिना ड्युड्ने ल्हाखाङ गुम्बामा मङ्गलवार देखी सुरु हुने भएको छ ।

गुम्बामा आयोजित १२ दिने धार्मिक उत्सवमा पहिलो पटक गुरु रिन्पोछेबाट गुरु छेन्गे छ्याम प्रदर्शन हुने भएको हो ।

गुम्बामा फागुन १ देखि १२ गते सम्म लाग्ने धार्मिक उत्सवको जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा गुम्बा अध्यक्ष लोकबहादुर थिङले उक्त जानकारी दिएका हुन ।

गुरु रिन्पोछे नृत्य लीला फागुन ६ गते स्थापना दिवस मनाउँदै प्रत्येक वर्ष फागुन ६ गते गुरु छेन्गे छ्याम मनाइने गरिएको उनले बताए । उत्सवको अवसरमा गुम्बा छेउमा धार्मिक अनुष्ठान ध्यान भवन शिलान्यास पनि गरिने छ ।

उत्सवमा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की हुनेछन् । बौद्ध गुरुहरूबाट प्रवचन,  बिच बिचमा हुने बौद्ध भजनमा अनुयायीहरू नाच्ने छन् । यसपालि बौद्ध गुरुबाट हुने नृत्य लीला प्रदर्शन हुने भएकोले उत्सवको विशेष आकर्षण हुने अध्यक्ष थिङले बताए ।

ऐतिहासिक बाजा झ्याम्टाको तालमा विभिन्न थरिथरिका देवताहरूको रूपमा सजिएर लामाको छ्याम नृत्य प्रदर्शन गरिने गुम्बा अध्यक्ष लोक बहादुर थिङले बताए।

गुम्बा प्रमुख राजेन्द्र लामाका अनुसार पहिलो दिन श्याम चोक देखि भानुचोक  हुँदै छाता चोक पुरानो बजार हुँदै पुनः श्याम चोक गुम्बा सम्म शान्ति र्‍याली हुनेछ।

दिन फागुन ३ गते देखि ५ गते सम्म १० करोड बज्र गुरु जप, ६ र ७ गते गुरु छेन्गे छ्याम नृत्य, ८ गते टाप्चेबुद्ध धर्म सामूहिक प्रवेश दातालाई सम्मान, रिन्पोछेबाट विशेष अभिषेक, ९ देखि १२ गते सम्म ङ्युङ्ने व्रत सुरु भई १२ गते समापन हुने छ ।