धरान : ११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा शुक्रवार अखिल नेपाल ट्रेड युनियन महासङ्घ सुनसरीले एक दर्जन महिला मजदुरलाई सम्मानित गरेको छ ।

सम्मानित मजदुरहरू उर्मिला श्रेष्ठ, मन्दिरा राई, विमला लिम्बू, सुस्मिता बिक, तारा बिक दिव्यी राई, साहारा नेपाली, टेम्पु चालक सुनिता लिम्बू, सरसफाइ मजदुर भिमा श्रेष्ठ, बुद्ध राई, पसल मजदुर सुजता विश्वकर्मा रहेका छन् ।

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले उनीहरूलाई सम्मानित गरेका हुन । उनले जनयुद्धको धारले ल्याएको परिवर्तनले  महिलाहरूमा नयाँ ऊर्जा प्राप्तगरी श्रममा सम्मान  सहभागिता ल्याएको बताए ।

महासङ्घ सुनसरी अध्यक्ष लीला प्रधानको सभापतित्वमा कार्यक्रम भएको थियो । प्रदेश अध्यक्ष टीका प्रसाईँ, ट्राफिक प्रहरीका सई योगेन्द्र प्रसाद खड्का अतिथि थिए ।