धरान : पानवारीमा चलिरहेको पानवारी शतवार्षिक महोत्सव मेला अवलोकन गर्न आउनेहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भइरहेको छ।

शिविर केएचडिसीको सहयोगमा सञ्चालन भइरहेको महोत्सव आयोजक समितिले जनाएको छ । शिविरमा मङ्गलवार सम्म १५० भन्दा बढीले निःशुल्क परीक्षण र स्वास्थ्य सम्बन्धी परामर्श लिएको संयोजक राजेन्द्र न्यौपानेले बताए ।

शिविरमा मुटु रोग, मिर्गौला रोग तथा मधुमेह सम्बन्धी परीक्षण चलिरहेको छ । २६ गतेदेखि २ गतेसम्म चल्ने शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिन महोत्सव आयोजक क्लब सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले आग्रह गरेका छन् ।

शिविरमा प्रेसर, बिएमआइ, मधुमेह, क्रिटिनाइनको जाँच भइरहेको डा.नवीन अधिकारीले बताए । उनका अनुसार शिविरमा ५ जनाले सेवा दिइरहेका छन् ।

डा.अधिकारीले शिविरमा आएर सेवा लिन आग्रह समेत गरेका छन् । उनले मिर्गौला र मुटु रोग प्रारम्भिक चरणमा नै थाहा पाउन सके त्यसको रोकथाम गर्न सकिने हुँदा सर्वसाधारण सबैलाई शिविरमा आएर सेवा लिन आग्रह गरेका छन् ।

महोत्सवमा निःशुल्क आँखा जाँच शिविर र दन्त शिविर समेत सञ्चालन भइरहेको आयोजक समितिले जनाएको छ ।Panbari-Utsab-sibir