धरान : उपमहानगरपालिका अगाडि ट्याक्टर तेर्स्याएर आन्दोलनमा उत्रिएका ट्याक्टर व्यवसायी सङ्घले मेयर हर्क साम्पाङले वार्ताद्वारा समस्या समाधान गर्नुको सट्टा भिडन्त गराउन खोजेको आरोप लगाएको छ ।

आज बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा सङ्घर्ष समिति अध्यक्ष विक्रम तामाङले भने, ‘मेयर साबले फेसबुकमा आफ्ना समर्थकहरूलाई नगरपालिकामा बोलाएर ट्याक्टर मजदुर र व्यवसायीहरूलाई भिडन्त गराउन खोज्नु भएको जस्तो देखिएको छ ।’

मेयर सम्पाङले व्यवसायी र मजदुरको समस्या वार्ताद्वारा समाधान गर्न नचाहेमा छाताचौक देखी पानीटंग चौक सम्म ट्याक्टर तेर्स्याएर सडक जाम गर्ने उनले बताए ।

मेयर साम्पाङको आदेशमा नगर प्रहरीले दुई दिन अघि पक्राउ गरेको ३ वटा ट्याक्टर नछोडेपछि धरानका ट्याक्टर व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले राजश्व तिरेर ढुङ्गा, मिक्स गिट्टी लगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै उपमहानगरका ट्याक्टर राखेका छन् ।

आज बिहान देखी ट्याक्टर मजदुरहरू उपमहानगरपालिका गटे अगाडी बेल्चा गैँती हम्बर राखेर ट्याक्टर व्यवसायीसँगै धर्नामा उत्रिएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले व्यवसायीहरू आक्रमण गनै कोही आईलागे हातमा फुल लिएर नबस्ने बताए ।

पत्रकार सम्मेलन सकिएपछि १० बजे नगर प्रहरीको गाडीमा आएका मेयर हर्क साम्पाङ्ले व्यवसायीहरूको आन्दोलनलाई मेयरले केही सम्बोधन वास्ता नगरी कार्यकक्षमा पसेका थिए । व्यवसायी र मजदुर प्लेकार्ड बोकेर बेल्चा गैँती हमबर भुईँमा राखेर उभिएका थिए ।

ट्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ गिट्टी बालुवा ढुङ्गा निकासा निकाल्न माग गर्दै ट्याक्टर व्यवसायी आन्दोलन जिम्मा लिएर रोजगार दिनुपर्ने माग गरेका छन् ।

सचिव नरध्वज तामाङले आन्दोलनको बेवास्ता गरे छाता चोकदेखि पानी ट्याङ्की सम्म सडक ठप्प पार्ने बताए ।

उनीहरूले चरणबद्ध रूपमा ढुवानीका कुनैपनि साधन धरान प्रवेश गर्न नदिने सम्मको आन्दोलनको तयारी गरिएको उनले बताए । वार्ता छलफलबाट समस्याको समाधान नभए सबै ट्याक्टर नगरपालिका परिसर मै छाडने बताइएको छ ।

tractor andolan dharan 3

tractor andolan dharan 2