धरान : क्यान्सर पीडित धरान-१९ की कुमारी तामाङ मार्थालाई नेपाली काँग्रेसले उपचारार्थ आर्थिक सहयोग स्वरूप ४१ हजार १ सय रुपैयाँ प्रदान गरेको छ ।  

सामाजिक कार्यमा क्रियाशील उनलाई ६ महिना अघि थर्ड स्टेजको व्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो । हाल क्यान्सरको उपचार गराइरहेकी उनलाई आर्थिक अभाव भएपछि काँग्रेस कार्यकर्ताहरूले सहयोग प्रदान गरेको हो ।

सहयोग रकम नेपाल तरुण दल धरान, नेपाली काँग्रेस धरान, प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्र १ सहित सहयोगी काँग्रेस नेताहरूले जुटाएको क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङले बताए ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी उनी हाल चिकित्सकको सल्लाह अनुसार निरन्तर फलोअपमा रहेकी छन् ।

सहयोग रकम प्रदान गर्न काँग्रेस जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राई, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई सहित तामाङको घर पुगेका हुन् ।