धरान : नेपाली काँग्रेस सुनसरी-१ प्रदेश सभा (क) का सचिव युवराज शङ्कर र उनका भाइ मिलन शङ्करले स्वर्गीय पिता सुरज शङ्करको स्मृतिमा विश्वकर्मा कल्याण समितिमा पहिलो अनुदान प्रदान गर्दै अक्षयकोष स्थापना गर्न सुरुआत गरेका छन् ।

समितिको ३२ औ साधारण सभामा शङ्कर दाजुभाइले आफ्ना बुवाको १०१ औँ दिनको पुण्य तिथिमा संस्थाको नियम अनुसार अक्षयकोष स्थापना गर्न ५ हजार १ सय रुपैयाँ अनुदान गरेका हुन । उक्त रकम बर्सेनि थपेर अक्षयकोषमा रहने छ ।

सोही अवसरमा शङ्कर दाजुभाइले पिताको स्मृतिमा संस्थाको सामूहिक कार्यमा आवश्यक ५ हजार रुपैयाँ मूल्यको २ वटा ग्यास चुल्हो सहितको पोर्टेबल सिलिण्डर पनि प्रदान गरेका छन् ।

उक्त सामाग्री संस्थाका अध्यक्ष खड्गबहादुर विश्वकर्मालाई हस्तान्तरण गरिएको हो । धरान-३ स्थित संस्थाको आफ्नै भवनमा सम्पन्न साधारण सभामा धरान-३ का वडाध्यक्ष विद्या शाक्य लगायतको उपस्थिति थियो ।

yubraj-sankar-KapuriNews