धरान : नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशन सुरु भएसँगै पाँचथर काँग्रेसको नेता प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यसअघि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका केरुङ पन्ध्रौँ महाधिवेशनमा कोशी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य उम्मेदवारी घोषणा गर्ने पहिलो प्रत्याशी बनेका छन् ।

केरुङ पाँचथर काँग्रेसको २ कार्यकाल सभापति भई जेनजी विद्रोह पछि निर्वाचनमा पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । २०४८ सालमा नेविसंघ जिल्ला सचिवबाट पार्टीको राजनीतिमा प्रवेश गरेका थिए ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका केरुङ पाँचथरमा बौद्धिक नेताका रूपमा चिनिन्छन् । उनले भने ‘जिल्लाको राजनीतिक अनुभवलाई राष्ट्रिय सवालहरूसँग जोड्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छु।’