धरान : बैङ्कको लिलामीमा रहेको बराह ज्वेलरीको सम्पत्ति बराहकै सञ्चालकहरूले मिलाएको कम्पनीले सकारेर स्वामित्व परिवर्तन हुने भएको छ । धितोमा रहेको उक्त सम्पत्ति अब बराह र बैङ्कको नामबाट तेस्रो कम्पनीको स्वामित्वमा जाने भएको हो ।

बराहका सञ्चालकहरूले भने बराहको सम्पत्तिहरू लिलाम भएर अन्यले नलैजाओस् भनेर तेस्रो कम्पनी स्तुति रिटेल्स प्रालिसँग मिलेर सकारेको बताएको छ । उनीहरूले बराहको सम्पत्ति पीडितहरूकै हातमा रहोस् भनी यसो गरेको बताएपनि तेस्रो पार्टीसँग बचतकर्ताहरूको प्रत्यक्ष स्वामित्व खुलाएको छैन ।

प्राइम कमर्सियल बैङ्कले साबिक धरान-५ स्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको कित्ता नम्बर ३४० को ८ धुर, ३४१ र ३९६ कित्ता नम्बरको १६.५ धुर जग्गा, श्रीपा स्टोर प्रालि धरान ७ (ख) को कित्ता नम्बर १२३२, २३८३, २५४०, ९६३, १२२९, १२३०, २५४४ को क्षेत्रफल ६.७५ कट्ठा र व्यावसायिक भवन ११७१०५ ईस्वायर फुटको व्यवसायीक प्रतिष्ठानहरू लिलामको प्रक्रियामा छ ।

उक्त सम्पत्ति बराह सञ्चालकहरूकै मिलेमतोमा बैङ्कबाट स्तुति रिटेल प्रालिले सकार्ने सहमति भएको गत: बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । लिलाम हुने सम्पत्तिको धनी बराह भएपनि त्यसमा सर्वसाधारणको लगानी छ ।

बराहले बैङ्कमा धितो राखेको उक्त सम्पत्ति अब स्वामित्व परिवर्तन भई स्तुति रिटेल्स प्रालिका अध्यक्ष विष्णु कुमार तिम्सिना र सञ्चालक ज्ञानेन्द्र श्रेष्ठको नाममा जाने भएको हो । लिलामी सकार्ने प्रक्रिया अन्तिम चरणमा रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

स्तुति रिटेल्स प्रालिले बराहको सम्पत्ति सकारेपछि व्यवसाय सञ्चालन गर्न दिने गरी बराह व्यवसाय समन्वय तथा अनुगमन समितिसँग १६ बुँदे सम्झौता गरेको जानकारी दिएको छ । समितिमा बराहका सञ्चालकहरू संलग्न छन् ।

स्तुति रिटेल्सले व्यवसाय सञ्चालन सुरु भएको ३ महिना पुगेपछि खुद मुनाफाको ३ भागको १ भाग बराहका लगानीकर्ताहरू तथा बचतकर्ताहरूले बचत गरेको आधारमा भुक्तानी गर्ने प्रयोजनको लागि बास्केट फण्डमा रकम जम्मा गर्ने सम्झौता भएको छ ।

अब बराहका बचत तथा लगानीकर्ताको सम्बन्ध नयाँ कम्पनीले छुट्याउने मुनाफाको ३ भागको १ भागसँग मात्र रहने देखिन्छ । नयाँ कम्पनीमा बराहका पूर्व सञ्चालकहरूको शेयर कति रहेको छ त्यो खुलाइएको भने छैन ।

Karaar ka sart haru 1

Karaar ka sart haru 2

Karaar ka sart haru 3

Karaar ka sart haru 4

Karaar ka sart haru 5

Karaar ka sart haru 6

Karaar ka sart haru 7