धरान : इरानमा नयाँ राष्ट्रपति चुनाव आउँदो जुन २८ तारिख नेपाली मिति साउन १३ गतेको दिन हुने भएको छ । गएको महिना राष्ट्रपति इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि नयाँ राष्ट्रपतिको चुनावी तयारी सुरु गरिएको हो ।

इरानको निर्वाचन नियम अनुसार राष्ट्रपति पदका लागि उम्मेदवार हुन पहिले त्यहाँको गर्जियन काउन्सिलमा योग्यताको पुष्टिका लागि निवेदन दिनु पर्दछ । काउन्सिलले उम्मेदवार हुन योग्य भएको सिफारिस गरेपछि मात्र उम्मेदवार बन्न पाउने छ ।

बीबीसीको समाचार अनुसार यसरी काउन्सिलमा निवेदन दिएका ८० जना दाबेदारहरू मध्ये काउन्सिलले ५ जनालाई मात्र योग्य भएको सिफारिस गरेपछि अहिले इरानको आगामी राष्ट्रपति चुनावमा ६ जना उम्मेदवार बन्ने देखिएको छ ।

राष्ट्रपति चुनावमा प्रत्याशी बन्न योग्य भएकाहरूमा इरानका राष्ट्रिय सुरक्षा आयोगका पूर्व सचि साइद जलीली, संसदका वर्तमान सभामुख मोहम्मद बाकर कालीबाफ, राजधानी तेहरानका मेयर अली रजा जक्रानी, वर्तमान उपराष्ट्रपति आमिर हुसैन काजीजाहेद हाशमी, पूर्व कानुन तथा गृहमन्त्रीमुस्तफा पोरमोहम्मदी, वर्तमान सांसद मसुन पेजेशकियन छन् ।