धरान : अविरल वर्षामा बढेको झापाको सानोमाई खोलामा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ ।

झापा गाउँपालिका-२ स्थित सानोमाई खोलामा डुबेर सोही वडाका रहमान आलम मियाको ३ वर्षीय छोरा दिलसाद आलम मिया रहेका छन् ।

सोमवार दिउँसो खोलामा पौडी खेल्न गएको आलम पानीमा डुबी घाइते भएका थिए । उनलाई उपचारको लागि कनकाई अस्पताल सुरुङ्गामा पुराइएको थियो । बालकको अस्पतालमा मृत्यु भएको हो ।