धरान : पर्यटकका लागि स्तरीय सुविधा सम्पन्न होटेलहरू धरानमा आवश्यक भइरहेका बेला धरान-८ बगाछीमा नयाँ होटेल सन्ध्या ईन सञ्चालनमा आएको छ ।
पर्यटन व्यवसायी रविन अधिकारीको १ करोड ५० लाख रुपैयाँ लगानीमा सुरु भएको होटेल मङ्गलवार एक कार्यक्रम बिच कोशी प्रदेश सभा सदस्यरद्वय रमेश बस्नेत र विजय राईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
होटेलमा १६ वटा पर्यटक स्तरीय कोठा छन् । छुट्टै कफी सप, ३० जना क्षमताको रेस्टुरेन्ट, छुट्टै मिटिङ र सुविधा सम्पन्न सेमिनार हल छन् । होटेलमा पर्याप्त सवारी पार्किङ स्थल छ ।
उद्घाटनको अवसरमा प्रदेश सांसद बस्नेतले धरानमा सुविधा सम्पन्न पर्यटक स्तरीय होटेलको कमी रहेको बेला होटेल सन्ध्या इन सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । उनले भने ‘स्थानीय सरकारको पहल, पर्यटन एवम् होटेल व्यवसायीहरूको लगानीमा अझ सुविधा सम्पन्न होटलहरु खोलिन आवश्यक छ ।’
धरान धार्मिक, शैक्षिक र स्वास्थ्योपचारको केन्द्रको रूपमा रहेकाले पर्यटनको प्रचुर सम्भावना भएको उनले बताए । धरानका होटलहरुमा पर्यटन मैत्री व्यवहार कम रहेको गुनासो भने हट्नु पर्ने उनले आग्रह गरे ।
होेटलहरुको सुविधामा गुणस्तरीय सुधार मात्र भएर हुन्न होटेलको सेवा र व्यवसायीहरूको व्यवहार पर्यटन मैत्री बन्नु पर्ने खाँचो रहेको सांसद बस्नेतले औँल्याए ।
सांसद विजय राईले धरानमा स्तरीय होटेल अभाव रहेको अवस्थामा होटेल व्यवसाय व्यवस्थित नहुँदा पर्यटक भित्र्याउन समस्या रहेको बताउँदै भने ‘गुणस्तरीय सुविधा र सेवाबाट मात्र धरानका होटलहरुको प्रचार पर्यटकहरूबाट बाहिर सम्म पुग्न सक्छ ।’
होटेलका प्रोप्राइटर अधिकारीले लामो समय देखि होटेल व्यवसाय सञ्चालन गर्दै आएकाले होटेल सन्ध्या इनमा पर्यटकले चाहने सुविधा जुटाइएको उद्घाटनमा सहभागीहरूको भनाई छ ।
उद्घाटन समारोहमा धरानका राजनैतिक दलहरूका नेताहरू, व्यवसायीहरू, सङ्घ संस्थाका अगुवाहरूको उपस्थिति थियो ।
hotel-sandhya-inn-1hotel-sandhya-inn-2hotel-sandhya-inn-3hotel sandhya inn coffee