धरान: एक करोडको लागतमा धरानमा नयाँ होटल सञ्चालनमा आएको छ । धरान–७ स्थित ‘होटल सन्ध्या इन’ सञ्चालनमा आएको छ ।

सञ्चालक रविन अधिकारीले बुधबार पत्रकार सम्मेलन गर्दै होटलको औपचारिक उद्घाटन भने माघ २ गते हुने जानकरी दिए । होटलको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री जगदिश प्रसाद कुसियतले गर्नेछन् । ‘अहिले होटलको सम्पूर्ण काम भइरहेको छ, माघ २ गते प्रदेशको पर्यटन मन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम छ,’उनले भने । होटलमा १३ वटा सुविधायूक्त कोठा रहेको सञ्चालक अधिकारीले बताए । जसमा ६ वटा एसीसहितका कोठा छन् । उनका अनुसार १२ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्मका सिंगल, डबल र त्रिपल बेडसहितको कोठाहरुको उपलब्ध छन् ।

S6430013 copy

प्रत्येक कोठामा एट्याच ट्वाइलेट, बाथरुप, एलइडी टिभी, इन्टरनेट, टेलिफोन रहेको छ । त्यस्तै, ७० जना क्षमताको एसीसहितको सेमिनार हल, १० देखि १२ जना क्षमताको बैठक कोठा समेत सुविधा छ । होटलमा बस्नेको लागि २४ घण्टा किचन सेवा हुने अधिकारीले बताए । अधिकांश होटलमा राती ११ बजेदखि किचन सेवा दिइदैन, तर त्यसैलाई मध्यनजर गरेर राती पनि सेवाग्राहीको चाहान अनुसार किचन सेवा दिने अधिकारीले बताए । ‘हामी २४ सै घण्टा किचन सेवा दिन्छौं, किनकी ग्राहक सन्तुष्ट होस् भन्ने हाम्रो चाहाना हो,’ सञ्चालक अधिकारीले भने । होटलमा पार्किङको सुविधा र गाडी पनि उपलब्ध रहेको छ ।

S6430010 copy

करिब ७ वर्षदेखि होटल व्यावसायमा लागेका अधिकारी नेपाल यातायात मजदुर संघको प्रदेश १ को सदस्य तथा धरान नगर समितिका इन्चार्ज समेत हुन् । उनले यसभन्दा अधि धरान–८ स्थित भोटेपुलमा सन्ध्या किचन सञ्चालन गरेका थिए । ६ वर्ष सो होटल सञ्चालन गरेका अधिकारीले ठाउँ अभावका कारण र भानुचोक आसपासमा सुविधायुक्त होटल नहुँदा आगन्तुकहरुले दुःख पाइरहेकोले त्यसैको अभावपुर्तिको लागि होटल सञ्चालनमा ल्याएको समेत बताए । ‘भानुचोक आसपासमा सुविधायूक्त होटल नै छैन, त्यसैले केही हदसम्म भएपनि अभाव कम गर्छुकी भन्ने लागेर होटल खोलेको हो,’ उनले भने ।