वराहक्षेत्र : नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासङ्घ वराहक्षेत्र तदर्थ नगर समितिको अध्यक्षमा लक्ष्मण थापा चयन भएका छन् ।

बिहीबार आयोजना भएको तदर्थ समिति गठन कार्यक्रममा नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस कोशी प्रदेश सदस्य केशव भट्टराई, नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि जर्मन कार्की, नेपाल किसान महासङ्घ सुनसरीका अध्यक्ष राजवृक्ष मेहता, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बाबुराम विष्ट, नेपाली काँग्रेस क्षेत्र नं.४ प्रदेश सभा १ का उपसभापति मधुकर तामाङ, नेपाली काँग्रेसका जिल्ला सदस्य शङ्कर बस्नेत , नेपाल किसान महासङ्घ क्षेत्र नं.४ सभापति तुलसी सुवेदी, नेपाली काँग्रेस वराहक्षेत्र वडा नं.६ सभापति लालबहादुर रोक्का, वडा नं.७ सभापति केशव निरौला लगायत नेपाली काँग्रेसका नेता तथा किसान महासङ्घमा नेताहरूको उपस्थिति रहेको थियो ।

वराहक्षेत्र तदर्थ नगर समितिको अध्यक्षमा चयन भएका लक्ष्मण थापा वराहक्षेत्र नगरपालिका वडा नं ३ का क्षेत्रीय प्रतिनिधि तथा किसान नेता हुन् । उनी तत्कालीन किसान सङ्घको सुनसरी क्षेत्र नं ६ को सचिव भएर काम गरेका थिए ।

यस अगाडि नेपाल किसान महासङ्घ क्षेत्र नं ४ तदर्थ समितिको अध्यक्षमा तुलसी सुबेदीलाई चयन गरेको थियो । उनी नेपाली काँग्रेस वराहक्षेत्र वडा नं ६ का क्षेत्रीय प्रतिनिधि समेत हुन् । त्यस्तै महासङ्घको सुनसरीको क्षेत्र १ तदर्थ समितिको अध्यक्षमा मेघराज पराजुलीलाई चयन गरेको थियो ।

उनी नेपाली काँग्रेस वराहक्षेत्र वडा नं ४ का क्षेत्रीय प्रतिनिधि हुन् । क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १(१) तदर्थ समितिको अध्यक्षमा अमृत(अम्बिका) धमला, प्रदेशसभा १(२) तदर्थ समितिको अध्यक्षमा शिव कार्कीलाई चयन गरिएको नेपाली काँग्रेस कोशी प्रदेश सदस्य केशव भट्टराईले जानकारी दिए ।

धरान उपमहानगर तदर्थ कार्यसमितिको अध्यक्षमा पदमबहादुर लिम्बु चयन भएका छन् । उनी धरान उपमहानगरपालिका वडा नं २० का वडाध्यक्ष समेत हुन् ।