धरान : प्याब्सन सुनसरीद्वारा आयोजित जिल्ल स्तरीय प्याब्सन अन्तर विद्यालय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगिता २०८३ को विजेता धरान स्थित सिद्धार्थ शिशु सदन भएको छ ।
इटहरीको सत्सङ्ग भवनमा शनिवार भएको प्रतियोगितामा सिद्धार्थ शिशु सदन कक्षा ९ की अनुष्का ढुङ्गानाको टोलीले प्रथम स्थान हासिल गरी स्कुललाई जिल्ला च्याम्पियनको उपाधि दिलाएकी हुन । टोलीमा आकृति गुप्ता र तुम्साफुङ जिमी सम्मिलित थिए । 
प्रतियोगितामा लिटल फ्लावर इङ्लिस स्कुल इटहरी दोस्रो, सूर्य किरण इङ्लिस स्कुल इनरुवाले तेस्रो पुरस्कार प्राप्त गरे । इस्ट पोइन्ट इङ्लिस स्कुल इनरुवाले सान्त्वना पुरस्कार पाएको छ ।
प्रतियोगितामा यस अघि सुनसरीको धरान,इटहरी,दुहबी,गढी,रामधुनी,इनरुवा र वराहक्षेत्र क्षेत्रबाट छनोट भएका विद्यालयलयका टोलीहरू बिच जिल्ला प्रतियोगिताको फाइनलका विभिन्न चरणमा प्रतिस्पर्धा भएको थियो।
प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताले विद्यार्थीको ज्ञान,तर्क क्षमता र बौद्धिक प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको प्याब्सनले जनाएको छ ।