धरान : धरानमा रङ्गशाला दक्षिणतर्फमा शनिवार देखी बिजनेश एक्स्पो शुरु भएको छ । एक्सपोको मुख्य आकर्षण त्यहाँ विक्री वितरण भइरहेका ३ हजार प्रकारका जुत्ता चप्पल भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोह बिच बिजनेश एक्स्पोको उद्घाटन गरेका हुन ।

नेपालमा बनेको प्रसिद्ध ५ वटा ब्राण्डका जुत्ता, चप्पलमा १५ देखी ५० प्रतिशत छुटमा विक्री वितरण भइरहेको फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।
उनका अनुसार एक्स्पोमा कम्तीमा ३०० देखि अधिकतम ५ हजार मूल्य सम्मका जुत्ताहरू उपभोक्ताको रोजाइमा विक्री वितरणको व्यवस्था गरिएको छ । एक्सपोमा २५ वटा स्टलहरूमा जुत्ता चप्पलका छन् ।