धरान : धरानका सहकारी संस्थाका अगुवा नेतृत्वहरुले स्थानीय पर्यटन प्रवर्द्धनका लागि धरान-४ काठे पुल देखि पत्रङबारी, दाना बारी तेलम्पुर हुँदै नाम्जे सम्म पदयात्रा गरेका छन् । सहकारीका ४० जना अगुवाहरू पदयात्रामा सहभागी थिए । उनीहरू शुक्रवार बिहान २ दिने पदयात्रामा हिँडेका हुन ।

नाम्जे पुगेका उनीहरूले नाम्जै सामुदायिक होमस्टेमा भएको औपचारिक कार्यक्रम ‘ऋण असुली विभाग’द्वारा प्रस्तुत ऋण असुली नीति २०८१ कार्य योजनामा छलफल गरे ।विभाग संयोजक शिवराज श्रेष्ठद्वारा प्रस्तुत असुली सम्बन्धी ५ पेज लामो कार्य योजना छलफलपछि पारित पास ग¥यो ।

सुनसरी जिल्ला सहकारी सघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारी नीति र विधि अनुसार सामाजिक क्षेत्रमा योगदान पुर्‍याउन पदयात्रा गरिएको बताए । उनले २०७३ सालमा नै सहकारीले पर्यटन प्रवर्द्धनका लागि पदयात्रा सुरुवात गरेको स्मरण गराए ।

उनले धरानवासीले सहकारीलाई हेर्ने दृष्टि केही समय यता नकारात्मक बनेको अवस्थामा पदयात्राले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

कार्यक्रम संयोजक नवीन मेन्याङवोका अनुसार धरानमा रहेका सहकारीकर्मीहरुको एकता र सहकार्यमा पदयात्राको सुरु भएको हो । यसले आमजनमासमा सहकारिता प्रतिको विश्वास बढाउने र पर्यटकीय स्थलहरू सम्म पुग्ने पदयात्राको रुट प्रचार गर्न सहयोग पुग्ने बताए ।

पदयात्राको सुरुवात जिल्ला सहकारी सघका पूर्व वरिष्ठ उपाध्यक्ष धरान–१५ का वडाध्यक्ष नरेश इङवारमले पदयात्रा टोलीलाई बिदाई गरेका थिए । धरान उपमानगरपालिका ३ नम्बर वडा अध्यक्ष विद्या शाक्य, जिल्ला सहकारी कोषाध्यक्ष लक्ष्मी प्रधान, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सदस्य उमेश पौडेल, कोसी प्रदेश उपाध्यक्ष शारदा थापा मगर, धरान नगर अध्यक्ष मिसन लामा लगायत नगर सहकारी संघकापदाधिकारीहरु पदयात्रामा सहभागी थिए ।

sahakari-paidal-2sahakari-padyatra