धरान : धरान नगर प्रमुख हर्क साम्पाङले खानेपानीको लागि सञ्चालन गरेको कोकाहा खोला अभियानबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेको उजुरीको दोस्रो पटक स्पष्टीकरण दिएका छन् ।

पहिलो पटक २०८१ माघ ११ गते धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको हैसियतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्पष्टीकरण दिएका थिए । यसपालि भने हिजो बिहीबार चैत २८ गते धरान उपमहानगरपालिका प्रमुखको हैसियतमा दोस्रो पटक स्पष्टीकरण दिएका हुन ।

पहिलो पटकको स्पष्टीकरणमा अध्यक्ष साम्पाङले लेखेका थिए ‘केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोडैको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रम योजना-२ चलिरहेको छ ।’

उनले उजुरी गर्ने मानिस ‘धरानको हो कि धरान बाहिरको हो ?’ भनि उल्टो प्रश्न गर्दै त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्‍यो ? को हो त्यो ? बुझेर लिखित पठाउनु होला, भनि पहिलो पटकको स्पष्टीकरणमा लेखेका छन् ।

नगर प्रमुख हर्क साम्पाङको हैसियतमा दोस्रो पटक दिएको स्पष्टीकरण पहिलेकै जस्तो व्यहोरा भए पनि केही वाक्य हटाइएको छ । धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको उल्लेख गर्दै ‘यसले आफ्नो नगरबासीहरूलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्छ भनिएको छ ।

अख्तियारलाई पहिलो स्पष्टीकरण खोपानी व्यवस्थापन बोर्डको लेटरहेडमा अध्यक्षको रूपमा हस्ताक्षर गरिएको छ । दोस्रो स्पष्टीकरण धरान उपमहानगरपालिकाको लेटरहेडमा नगर प्रमुखको रूपमा हस्ताक्षर गरिएको छ ।

पहिलो स्पष्टीकरणको व्यहोरामा उल्लेख भएको कुराले हाल चलिरहेको कोकाहा खानेपानी-२ को हिसाब किताबको बारेमा अख्तियारमा उजुरी परेको बुझिन्छ ।

दुवै स्पष्टीकरण यस्तो छ :

2081-12-28 Khapani Bigyapti

Khapani-Dharan