धरान : धरान-११ का ३४ वर्षीय भूपाल राईलाई प्रहरीले २८ केजी गाँजा सहित बिहीबार पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार धनकुटाको सागुरीगढी-९ घर भएका भूपाल हाल धरानमा बस्दै आएका हुन । उनलाई अस्थायी प्रहरी बिट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

मोरङको बेलबारी-४ का २१ वर्षीय एन्जल गुरुङ र १९ वर्षीय साहिल राईलाई ब्राउनसुगर सहित विराटनगर-१५ बाट पक्राउ गरिएको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले ७३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी रामधुनी-२ का २४ वर्षीय शिव शङ्कर चौधरीलाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले ५ ग्राम २१० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।