धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङका समर्थकहरूले आफूलाई हातपात गर्न खोजेको उपप्रमुख अईन्द्र विक्रम बेघाले आरोप लगाएका छन् ।
उपप्रमुख बेघाका अनुसार दिउँसो २ बजे आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण सम्बन्धी बैठकमा प्रमुख साम्पाङलाई पनि बोलाइएको थियो । उनी आएनन्, कर्मचारी र समितिका सदस्यहरू बिच छलफल भइरहेको बेला साढे ३ बजे प्रमुख साम्पाङले उनको कार्यकक्षमा बोलाए ।
उपप्रमुख बेघाले भने ‘कार्यकक्षमा जाँदा त्यहाँ म माथि आक्रमण गर्न प्रमुख साम्पाङले आफ्ना समर्थकहरू बोलाएका रहेछन्, भीडले एक्कासि हातपात गर्न खोज्यो ।’ भीडमा कसैले खुकुरी बोकेर आएको पनि देखिएको उनले बताए ।‘
यसअघि प्रमुख साम्पाङले धरान-१६ मा निर्माणाधीन बहुभाषिक पाठशालालाई संरक्षण गर्न श्रमदानको रकम अनुगमन गरी रकम निकासा गर्न कर्मचारी सहित आफूलाई दबाब दिएको उपप्रमुख बेघाले बताए ।
उनले भने ‘तर मैले श्रमदानको नाममा रकम निकासा नगर्न कर्मचारीहरूलाई निर्देशन दिएकोले प्रमुख साम्पाङ रुष्ट बनेका थिए ।’ त्यसै कारण प्रमुख साम्पाङले समर्थक श्रमदाताहरूको भीड बोलाएर दादागिरी देखाएको उपप्रमुख बेघाको भनाई छ ।
माओवादी केन्द्रका धरान अध्यक्ष उद्धव लिम्बुका अनुसार नगर प्रमुख साम्पाङका समर्थकहरू खुकुरी बोकेर प्रमुखको सचिवालय कक्षमा पुगेका थिए । उनले भने ‘साम्पाङले बेघालाई आफ्नो कार्यकक्षमा बोलाएर आक्रमण गराउने योजना बनाएको बुझिएको छ ।’
उपमहानगरपालिकाका प्रवक्ता वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराईका अनुसार निर्माणाधीन बहुभाषिक पाठशाला निर्माण स्थल वरीपरी तारजाली लगाउन संयोजक उनकै समर्थक धरान-१४ का प्रसाद राई, सत्य घले, समीर तामाङ छन् ।
निर्माण समितिमा सम्बन्धित वडाको वडा अध्यक्ष र स्थानीय हुनुपर्नेमा निर्माण समितिमा स्थानीय र वडा १६ का वडाध्यक्ष नराखी आफ्ना समर्थक नै ठेकदार र निर्माण संयोजक र निर्माण समितिमा छन् ।

यस्तो छ निर्माणाधीन बहुभाषिक पाठशाला निर्माण स्थल वरिपरि तारजाली लगाउन बनेको समिति सम्बन्धित कागजातहरू :