धरान: इलाका प्रहरी कार्यालयले धरानमा दक्षिण भारतीय सिनेमाको शैलीमा आपसमा खुकुरी आतङ्क गराउने समूहका ३ जनालाई पक्राउ गरी शुक्रवार बिहान पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।
डिएसपी प्रकाश जवेगुले भने ‘प्रारम्भिक बयानमा घट्ना पुरानो झगडाको रिसइबीे भनिएता पनि यसमा लागुऔषध कारोबारको आशंका गरिएकोले अनुसन्धान जारी छ ।’ 
उनका अनुसार अनुसन्धानको क्रममा मोबाइल संवाद हेर्दा पुरानो झगडा मात्र होइन, उनीहरू लागुऔषध प्रयोगकर्ता भएको खुल्छ । उनले भने ‘के कुरामा नमिलेको हो, खुल्न बाँकी छ ।’
धरान–१० भिआरसी चोकमा असार १२ गते एक युवालाई मोटरसाइकलमा चलाउँदै खुकुरी प्रहार गरी आतङ्क मच्चाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएकामा मोटरसाइकल चलाउने १८ वर्षीय साई मन चौधरी,२१वर्षीय पासाङ शेर्पा र २१ वर्षीय प्रशान्त प्रधान छन् ।
डिएसपी जवेगुले सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त घट्नाको सिसिटिभी फुटेज मद्रासी शैलीका आक्रमण भएको देखिने बताए ।
साँझ करिब ६ बजे मोटर साइकलमा कट्टी प्रहार गरी मोटरसाईलद्धारा पिछा गरी लखेटी लखेटी मोटरसाइकल चालकले हेलमेटले समेत प्रहार गरी घाइते बनाई फरार भएका थिए । 
घटनामा को २० प ७५६३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले वडा २० का २८ वर्षीय समीर राईलाई लखेटेर आक्रमण गरेका हुन । 
प्रहरीले साई मन चौधरीलाई विराटनगरको रोड शेष चोकबाट पक्राउ गरेर असार १७ गते धरान ल्याएको डिएसपी जवेगुको बताए ।
चौधरीले उक्त घटनामा धरान ११ मङ्गलवारे चोकका प्रशान्त, र पासाङ संलग्न भएको बयान दिएपछि थप दुवैलाई पक्राउ गरिएको हो ।
घटनामा प्रयोग भएको मोटरसाइकल, हेलमेट, खुकुरी र फलामको रड पनि बरामद गरिएको छ ।