राजेन्द्र खनाल ‘क्षतिज’
घरभरि थरी थरीका मोजा छन् । कोही सुतीका मोजा, कोही उनीका मोजा, अनि कोही नाइलनका मोजा । स्वदेशी मोजा, विदेशी मोजा, घरभरि बर्गेनी जता हेरे पनि मोजै(मोजा ।
मैले जीवनमा सर्ट पाइन्ट, भेस्ट भन्दा बढी सायद मोजा र अण्डरवयर (कट्टु) नै किन्छु होला । किनकी ई दुवै चिज एकपल्ट लाएपछि नधोई फेरि नलाउने बानीले गर्दा । 
अब कुरो गरौँ मोजाको सत्य, तथ्य र आफ्नै व्यथाको कथा । एक दिनको कुरो हो अलिक ढिलै भइसकेको थियो अफिस जानुलाई ।  हतार तार गरेर तातो खाना मुख पोल्दै खाए र कोठामा आए । सासै नफेरी सर्ट, पाइन्ट, कोट अनि टाई ढल्काए । चट्ट पारेर पाल्पाली ढाका टोपी पनि लगाए ।
मोजा खोज्छु, न यता भेटिन्छ मोजा, न उता भेटिन्छ मोजा । श्रीमतीलाई करायो, खै मेरो मोजा भनेर? असिन र पसिन हुँदै, मोजा खोज्न लागियो दुवै जोई पोेई । जोई ल्याउँछिन् एक रङ्गको मोजा, पोई ल्याउँछ अर्को रङ्गको मोजा । कोही बुढी औँला देखिने मोजा, अनि कोही कुर्कुच्चा देखिने मोजा । 
परेन फसाद, अब के लाउने ? यसै त ढिलो भैसकेको छ, जे परोस्(परोस् भनेर हिजो धुन राखेको गन्हाइरहेको मोजा सुरकाईयो लौजा जुत्ताभित्र त होनी, कसले थाहा पाउँछ र भन्दै । अनि हस्याँङ्ग र फस्याँङ्ग गर्दै कार्यालय तिर बाईक चढेर लागियो सुइँकुच्चा । 
अफिस के पुगेको थिए, दिउसो एउटा बैठकमा जानै पर्ने भयो । तैपनि हाकिम साहेबलाई बिन्ती बिसाए अरू कसैलाई पठाउँदा हुँदैन सर उर्दी लाग्यो तपाईँसँग सम्बन्धित त्यसैले तपाई नै जानुपर्छ भनेर । मलाई चैँ डर थियो, कतै त्यो कार्यालयमा जुत्ता त खोल्नु पर्दैन ? अचेल कति कार्यालयमा जुत्ता खोल्नु पर्छ । आआ‘जे होस होस भनेर अफिसको गाडीमा सललल गन्तव्यतिर लागियो । मनमा चैँ बाटोभरि मोजाकै मात्र सोचाई आइरहेको थियो, जुत्ता चैँ खोल्नु नपरोस् भनेर । सोच्दासोच्दै गन्तव्य पनि आई पुगेछ । गाडीबाट उत्रेर रिसेप्सनतिर जाँदै थिए, ढोकैमा लेखिएको देखियो, कृपया जुत्ता चैँ यतै खोल्नु होला । 
क्या फसाद जुत्ता खोलौ मोजा ठुस्स गन्हाउँछीन होला? नखोलौँ भित्र छिर्न नै नपाइन होला? धन्न बुढी औलो निस्कने र फुटेको कुर्कुच्चो देखिने चैँ परेन छ मोजा । मनमनै सोच्न थाले, मोजा पनि खोल्नु पर्छ होला? फेरि यसो सोचे, होइन पसिनाले च्याप(च्याप भिजेको मोजा, झनै पो गन्हाउँछ  होला । जे पर्ला ( जे पर्ला भन्दै जुत्ता मात्र खोलियो, अनि भित्रतिर गइयो । सबैमा अधरमा मुस्कान छर्दै, अभिवादन पनि ठोकियो ।
बैठक पनि सुरु भयो, सुरुमै परिचयात्मक कार्यक्रम रहेछ । सबैले पालैपालो आफ्नो परिचय दिए । मेरो पनि पालो आयो, मैले पनि आफ्नो परिचय उठेर सानले दिए । कार्यक्रम अगाडि बढ्यो । परेन फसाद१ भित्र त केही सहभागी नाक खुम्चाउँदै यता र उता पलाक(पुलक गर्न थाले । मोजा गन्हाएको थाहा पाइसकेछन ।  
म पनि के कम, नाक खुम्चाउँदै हत्तर र पत्तर भन्नथाले, ओहो१ कस्को मोजा यस्तो गन्हाउने होला? जो चोर उसैको ठूलो स्वर भने जस्तै नै भयो । मेरो छेउमै बसेका दुई महिला मित्र मैले यसो भन्दा ठुलठुला आँखा पारेर मलाई नै तर्केर पो हेर्नुहुन्छ । सायद वहाँहरूलाई थाहा भयो होला, मोजा चैँ मेरै गन्हाएको हो भनेर । 

अगि परिचय दिँदा त सान सँग दिएको थिए, अहिले ती दुवै महिलाले मलाई एकैसाथ हेर्दा त, बली दिनु अगि र्पिर्सएको बोको जस्तै न्याउरो भए । म चैँ दुबैलाई नदेखे झैँ कार्यक्रम सञ्चालकलाई एकोहोरो हेरिरहे, उनले भनेका कुरा खुब ध्यान दिएर सुने झैँ गरिरहे, कसैले भेउ नै नपाउन मेरै मोजा गन्हाएको हो भनेर । मरिजाऊँ केही बुझेको र सुनेको भए त, आफ्नो ध्यान त्यही गन्हाई रहेको मोजामा नै  छ । 
एउटा खुट्टाले अर्को खुट्टा थिच्छु, तैपनि गन्हाउन छोड्दैन । मनमनै भन्नथाले, कुन साइतमा यो मोजा लगाइएछ, बेइज्जतै हुने भयो आज? उता भने टाई सुट लगाइएको छ, बाहिर खोलेको जुत्ता पनि टलक्कै टल्केको छ, कोटमा अत्तर पनि छ्यास छ्यास गरेर बिहान हिँड्ने बेलामा हालेको सम्झन्छु ,मोजा भने कम्ताको गन्हाएको छैन, कन्तबिजोग नै छ? 
एक जना सहभागीले त सहन सकेनन् छन् क्यारे, मुखै फोडे, होइन फ्रेसनर छैन, अति भयो, बस्नै सकिएन, यसो छरे कसो होला? एक छिनमा फ्रेसनर पनि आयो, मज्जाले नै छरियो, गन्हाउन अलिक कम के भयो, अलिक ढुकढुक कम भयो, लामो सास लिए, भगवानलाई पुकार्न थाले, हे भगवान्१ बिन्ती छ, यो बैठक शीघ्र सिध्धाइदिनु होला, यो भक्तप्रति ठूलो कृपा हुने थियो । गन्हाउन पनि कस्तो गन्हाएको छिप्पिएको बोका गन्हाए जस्तै । यत्तिकैमा कार्यक्रम सञ्चालकले, बैठक सकिएको जानकारी गराउनुभयो । 
म पनि सबैलाई तरबारे नमस्कार गर्दै हतारिँदै बाहिरिए, खुसीको सीमा नै रहेन । त्यति हतारिएर बाहिर निस्किएको कुनै पनि बैठकबाट सायद पहिलोपल्ट नै होला । जिन्दगीमा त्यति खुसी एसएलसी पास हुँदा भएको थिए होला, नत्र सायद कहिले पनि आजको जस्तो खुसी भएको थिइन नै होला, सम्झना छैन । धन्न कसैले तपाईँको मोजा त सारै गन्हाएको छ भनेर चैँ भनेनन् ।
 ती दुई जना मेरा छेउमा बसेका महिला मित्रहरूले चैँ पक्कै थाहाँपाए होलान् । सोचे, अर्कोपल्ट कसरी ती मित्रहरूलाई मुख देखाउनु भनेर ? फेरि यसो सोचे, ती दुवै मित्रहरूको मलाई अनुहार नै याद छैन, मुखामुख गरेर हेरेको भए पो याद हुन्छ,, मोजा गन्हाएर हेर्ने आँट नै आएन । 
उनीहरूले चिने पनि मैले चिने पो ? एक हिसाबले भन्ने हो भने म आफूलाई भाग्यमानी नै मान्छु, किनकी पुरुष मित्र चैँ छेउमा धन्न पर्नु भएन, यदि परेका भए, मुख फोडी सक्थे होलान्, तपाईँको मोजा सारै गन्हाएको छ मित्र, बाहिर खोलेर आउनु भनेर । त्यसो भनेको भए त, मेरो हुनसम्मको बेइज्जतै हुन्थ्यो होला । धन्न परेनन् छन् राम्रै भयो । 
महिलाले चैँ त्यसरी सिधै भन्दैनन् रहेछन्, अलिक संयम नै हँदारहेछन, त्यही दिन थाहा पाए । नतमस्तक नै छु ती दुई महिला मित्र प्रति । ती महिला मित्रहरूले यो मेरो कथा व्यथा पढेपछि चैँ मरी मरी हाँस्दै हुनुहुन्छ होला ।

तपाई पनि होस पुराउनुस् है बेलैमा । आफूले लाउने मोजा बेलुकै सुत्नु अगि नै ठिक ठाउँमा राख्नुहोला, म जस्तो कन्तबिजोग कहिले हुन नपरोस् । धन्न त्यो दिन लगाएको मोजा सुतीकी परिछिन, नाइलनकी परेकी भए त झन्, कति ठुसिन्थीन होला?
कार्यक्रममा आएका सबै सहभागीहरू मिलेर छिप्पिएकै बोकाको खोरमा लगेर मलाई ज्याकी नै दिन्थे होला? लौ जा तपाईँको बस्ने ठाउँ यहीँ हो भनेर ।

धिक्कार छ मेरो यो बेइज्जती मोजा, अब यस्तो हरिबिजोग जिन्दगीमा कहिले नहोला, प्रभु.....

धरान (बिजयपर), हाल, काठमाडौँ