इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरीको विवादास्पद अभिव्यक्तिले कार्यक्रम नै भाँडिएको छ । इटहरी जेसीजले आयोजना गरेको प्रत्यक्ष संवाद (ककस) कार्यक्रम नै चौधरीको अभिव्यक्ति पछि तनावपूर्ण बनेको हो ।
इटहरीको पश्चिम लाइनमा  सुनसरी क्षेत्र नम्बर २ र ३ का उम्मेदवार बिचको ककस कार्यक्रममा चौधरीले रास्वपालाई भोट नदिने देशद्रोही भएको अभिव्यक्ति दिएपछि समस्या उत्पन्न भयो । उक्त अभिव्यक्ति पछि आक्रोशित नागरिकले प्रतिवाद गर्दा कार्यक्रम स्थगित नै गर्नुपरेको थियो ।
कुनै पनि दलको स्पष्ट बहुमत नआए दलहरू मिलेर सरकार गठन गर्नुपर्ने भएकाले रास्वपालाई बहुमत दिन चौधरीले आग्रह गरेका थिए । रास्वपाले निर्वाचनमा दुई तिहाइ बहुमत अपेक्षा गरेको र बहुमत नहुँदा एकभन्दा बढी अस्थिर सरकार बन्ने उनको भनाइ थियो ।
एकल सरकार गठनको लागि रास्वपाको बहुमत चाहिने भएकाले स्थिर सरकारको लागि रास्वपालाई भोट नदिनेलाई देश विरोधीको संज्ञा दिए ।