धरान : सुनसरी क्षेत्र १ बाट नेकपाका उम्मेदवार मनोज भट्टराईले आज आइतबार भानुचौकमा आयोजित चुनावी सभामा भनेका छन् ‘म कसैलाई हराउन होइन, धरानको विकास र समृद्धि जिताउन उठेका हुँ ।’
जित-हारभन्दा ठुलो कुरा सत्य, न्याय, लोकतन्त्र र समुदायको हित भएको उनले बताए ।
उनले सबै पार्टी, समुदाय र मतदातालाई समेट्ने समावेशी दृष्टिकोण र कथा, स्थानीय बोलीमार्फत लोकतन्त्र र न्यायको महत्त्व उजागर गरे।भूमिहीन, सुकुम्वासी, श्रमिक र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै सुनसरी १ लाई विकास, समृद्धि र सामाजिक न्यायको केन्द्र बनाउने सङ्कल्प रहेको बताए ।
भट्टराईले भने ‘भूमि ऐन २०११ को संरक्षण र भूमि ऐन २०२१ को संशोधन अनिवार्य रहेकोले त्यस्तो लागि संसदमा पहल गर्नेछु ।’
उनले वडाको सिफारिस, उपमहानगरपालिकाको समन्वय र स्थानीय तहको प्रत्यक्ष सहभागितामार्फत भूमिहीन, अव्यवस्थित सुकुम्बासी कानुनी रूपमा जग्गाधनी अधिकार दिलाउनुपर्ने बताए ।
उनले मारवाडी, मधेसी, मुस्लिम, आदिवासी जनजाति, थारु, चौधरी खासआर्य समुदाय लगायत धरान र सुनसरी क्षेत्रका सबै समुदायको व्यापक समर्थन आफूहरूलाई प्राप्त भएको दाबी गरे ।
भट्टराईले भने ‘हामी कसैलाई हराउन उठेका होइनाै, हामी सुनसरी १ लाई विकास र समृद्धिमय बनाउन उठेका हौँ।,”
आफू धरानकै माटोमा जन्मी, हुर्की, शिक्षा दीक्षासँगै आफ्नो तीनपुस्ता धरानसँग जोडिएको व्यक्ति भएको उल्लेख गर्दै उनले भने “म यहीँ जन्मेँ, यहीँ पढेँ, यहीँ बढेको मान्छे हुँ। यहाँका ७०-८० प्रतिशत मानिसले मलाई व्यक्तिगत रूपमा चिन्छन्।”
उनले विगतका चुनावी अभ्यासप्रति आलोचना गर्दै भने,“चुनाव अगाडि नमस्ते गर्ने, विकासका सपना देखाउने, चुनाव सकिएपछि उम्मेदवारको फोटो पनि नदेखिने प्रवृत्तिले जनता निराश बनेका छन् ।” तर म तेस्तो व्यक्ति होइन तपाईँहरूको सुख दु:खको साथी र मलामी पनि हुँ । मर्दा र पर्दा म तपाईँहरूकै साथमा हुनेछु ।
उनले पार्टीका केन्द्रीय टिम, क्षेत्रीय टिम, स्थानीय प्रशासन र मतदातालाई धन्यवाद व्यक्त गर्दै,सबै समुदाय र शुभचिन्तकहरूको योगदानलाई फागुन २२ गते उत्सवको रूपमा मनाउने तयार रहन आग्रह गरे ।
सभामा उनले धरान क्षेत्र, वराहक्षेत्रका पाँचवटा वडा, रामधुनी नगरपालिकाका दुई वटा वडा लगायत वराहक्षेत्रका ५ वटा वडा सहित सात वटै वडाका नागरिकले विकासबाट वञ्चित भएको अनुभूति गरिरहेकोले अवस्था भएकाले भट्टराईले भने ‘हामी भूगोल जोड्न चाहन्छौँ ।,”
उनले भने ‘आधा घण्टाभित्र सुनसरी क्षेत्रका जुनसुकै ठाउँबाट जुनसुकै ठाउँ पुग्न सकिने सडक सञ्जाल निर्माण गर्ने हाम्रो योजना छ ।' निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई समानान्तर रूपमा अघि बढाइने र भूगोल मात्र होइन, मन पनि जोड्न अभियान आफूले थालेको उनले बताए ।