धरान : किरात राई पत्रकार सङ्घ सुनसरीद्वारा छैठौं जिल्ला अधिवेशनको अवसरमा शुक्रवार दुई पत्रकारलाई पुरस्कृत गरेको छ।
अग्रज पत्रकार जनकऋषि राईलाई नगद १० हजार ५०५ रुपैयाँ सहित चन्द्रकला राई स्मृति पत्रकारिता सम्मान पुरस्कार प्रदान गरिएको छ ।गोरखापत्र दैनिकका पत्रकार निशा राईलाई नगद ७ हजार ५०५ रुपैयाँ सहित विद्याकुमारी राई स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
विद्याकुमारी राई स्मृति पुरस्कार पाँच वर्षअघि चन्द्रकला राई स्मृति पुरस्कार यायोक्खा धरान–१३ प्रारम्भिक कमिटीका अध्यक्ष श्रीपाल राईले स्थापना गरेका हुन ।किरात राई यायोक्खा धरान–१३ प्रारम्भिक कमिटीका सदस्य कुमार राईले स्थापना गरेका हुन्। 
पुरस्कृत पत्रकार द्वयलाई किरात राई पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष विशाल राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा र नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्लेले पुरस्कार तथा सम्मान पत्र प्रदान गरे।
प्रमुख अतिथि विशाल राईले पहिचानलाई आत्मसात गर्दै सिर्जनशील पत्रकारिताको धर्म निर्वाह गर्न पत्रकारहरूलाई आग्रह गरे। उनले धरान किरात राई पत्रकारहरूको उर्वर भूमि भएको बताए ।
पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, वरिष्ठ पत्रकार हर्ष सुब्बालगायतले शुभकामना प्रकट गरे । कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष सज्नु राईले गरेकी थिइन । सञ्चालन स्मारिका राईले गरेकी थिइन ।