इटहरी : नेपाली काँग्रेसका नेता मीन विश्वकर्मा शेरबहादुर देउवाको समूह छाडेर पुनः पार्टीको संस्थापन पक्षमै फर्किएका छन् । यसअघि शेरबहादुर देउवा समूहको भेलापछि 'मन मिल्नेसँग कुरा नमिलेको र कुरा मिल्नेसँग विचार नमिलेको' भन्दै गुनासो गरेका उनले अहिले फेरि विचार र मन दुवै मिलेको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, "विचार मिल्नेसँग कुरा मिल्यो ! कुरा मिल्नेसँग मन पनि मिल्यो !! संवाद सम्पन्न, यात्रा प्रारम्भ!"
यसअघि निवर्तमान सभापति शेरबहादुर देउवाको विश्वास पात्र मानिएका विश्वकर्मा विशेष महाधिवेशनको विपक्षमा थिए । असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी भएर केन्द्रीय महाधिवेशनमा जाने तयारी सहित विश्वकर्मा संस्थापनको पक्षमा खुलेका हुन् ।